२ कार्तिक २०८३, सोमबार

कोरोना अपडेट : १३३२ जनामा परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५९१ पीसीआर परीक्षणका क्रममा १७ जना र ७४१ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप ९६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ९२५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।