२ कार्तिक २०८३, सोमबार

दशैं मनाउन गाउँघर फर्किनेको भीड, बसको टिकट नपाउँदा सर्वसाधारणलाई सास्ती (फोटोफिचर)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । दशैं मनाउन काठमाडौंबाट घर फर्किनेको संख्या बढेको छ ।

शनिबारदेखि दशैंको विदा सुरु भएसँगै घर फर्किनेको संख्या बढेको काठमाडौं ट्राफिक कार्यालयले जनाएको छ ।

विभिन्न कामका साथै पठनपाठनका लागि काठमाडौंमा बसेकाहरु दशैंमा अधिकांश घर फर्किने गरेका छन् । काठमाडौंको कलंकी, कोटेश्वर, बल्खु लगायता स्थानमा घर फर्किनेहरुको भीड लागेको थियो ।

उनीहरुले सहज रुपमा सवारी साधान नपाएको गुनासो समेत गरेका छन् । सरकारले दशैंमा सार्वजनिक सवारीको रुट परमिट समेत खुला गरेको छ ।