शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एएफसी यू–१७ एशियन कप छनोटका लागि यू–१७ फुटबल टोलीको विदाई

दैनिक नेपाल २०७९ असोज १५ गते १५:५६

काठमाडौं, १५ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने यू–१७ फुटबल टोलीलाई बिदाइ गरेको छ ।

एन्फाले शनिबार एएफसी यू–१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई बिदाइ गएको हो ।

एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई बिदाइ गरे । नेपाली टोली भोलि आइतबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

विदाई कार्यक्रममा एन्फा उपाध्याक्ष खड्काले आफ्नो भविष्य निर्माणका लागि गम्भीर र अनुशासित भएर खेल प्रदर्शन गर्न सुझाव दिए । उनले एन्फामा बिगतदेखि रहेको समस्या छिटै समाधान हुने प्रतिवद्धता जनाए ।

समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित