शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा : अध्यक्ष थापा

दैनिक नेपाल २०७९ असोज १५ गते १५:१५

काठमाडौं, १५ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हाल विकसित ध्रुवीकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको बताएका छन् ।

आज शनिबार मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरुजति आगामी चुनावमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

मुलुक कुशासनको दलदलमा भासिएको र भ्रष्टाचारको चक्रब्युहमा फसेको भन्दै थापाले राष्ट्रवादी भावना नभएकाहरुले देशको स्वाभिमान जोगाउन नसक्ने जिकिर गरे । पछिल्लो समय मुलुकलाई स्थिरता र समृद्धिको बाटोबाट लैजाने भन्दा अस्थिर बनाई विदेशी प्रभावलाई बढाउने खेल भइइरहेको भन्दै थापाले अब जनता सचेत र जागरुक हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित