२ कार्तिक २०८३, सोमबार

जनमतका विरोधी माधव–प्रचण्ड कांग्रेससँग सीटको भीख माग्दैछन् : महासचिव पोखरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ असोज । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जनमत विरोधी भएको बताएका छन् ।

नेकपा एमाले कास्की जिल्ला कमिटीले पोखरामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई घेराबन्दी गरिएपछि, जनादेश खण्डित गर्ने षडयन्त्र शुरू भएको र ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको भन्दै उनले प्रचण्ड र माधन नेपाल जनमतका विरोधी भएको बताएका हुन् । तत्कालीन परिस्थितिमा केपी ओलीले नयाँ जनमतमा जाने निर्णय गर्नु लोकतन्त्रको विरूद्धमा हुँदै नभएको प्रष्टीकरण उनले दिएका छन् ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले देशको नेतृत्व गरिरहेका दलका नेताहरू आज नेपाली काँग्रेससँग निर्वाचनमा उम्मेदवारी दिने सीट माग्ने अवस्थामा पुगिरहेको चर्चा गर्दै भने, ‘नेकपा एसलाई सोध्न चाहन्छु, १७ सीटको भीख माग्न लज्जाबोध हुँदैन ? समाजवादको गफ हाँक्ने नेताहरू शेरबहादुर देउवालाई नेता मानेर समाजवादमा पुगिन्छ ? मजाक गर्ने ? माओवादीका नेताहरू के शेरबहादुर देउवालाई नेता मान्न १७ हजारको बलिदान गरेको हो ?’