२ कार्तिक २०८३, सोमबार

डेंगु रोगबारे जनचेतना फैलाउन भक्तपुर नगरपालिकाले निकाल्यो र्‍याली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले शनिबार जनचेतनामूलक र्‍याली निकालेको छ ।

भक्तपुर नगरको दुधपाटीबाट सुरू भएकोे र्‍यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवम् सहकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

पर्चा वितरण र पम्प्लेटहरु प्रदर्शन गर्दै नगरपालिकाले जनचेतनामूलक र्‍याली निकालेको हो । डेंगु रोगबाट बच्न नगरवासीलाई सुरक्षित व्यवहारका लागि अनुरोध गर्दै र्‍याली निकालिएको नगरपालिकाले जनाएको छ ।

भक्तपुर नगरमा मात्रै ५३० भन्दा बढिमा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।