शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

माधव नेपाललाई अर्को झड्का, कागेश्वरी मनोहराका पूर्वमेयर थापाले नेकपा एस छाडे

दैनिक नेपाल २०७९ असोज १५ गते १३:१७

काठमाडौं, १५ असोज । काठमाडौं निर्वाचन क्षेत्र नं. २ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापाले नेकपा (एकीकृत समाजवादी) छोडेका छन् ।

पार्टी नेतृत्वमा रहेका माधव कुमार नेपालको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिका रहेको काठमाडौं–२ माधव कुमार नेपालको क्षेत्र हो ।

नेपालको अत्यन्तै निकटस्थ मानिने थापाले निर्वाचनको मुखमा पार्टी परित्याग गरेसँगै उक्त क्षेत्रमा माधव कुमार नेपाललाई ठूलो झड्का लागेको छ । किनभने पूर्वमेयर थापा माधव नेपालमा निक्कै नजिकका विश्वासपात्र समेत थिए ।

थापाले आज शनिबार बिहान सामाजिक सञ्जालमा दशैंको शुभकामना सन्देश जारी गर्दै पार्टी छोडेको घोषणा समेत गरेका हुन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनदेखि नै असन्तुष्ट रहेका थापा नेकपा एसका केन्द्रीय लेखा आयोग सदस्य थिए । उनी काठमाडौं–२ का अति प्रभावशाली कम्युनिष्ट नेताका रुपमा परिचित छन् ।

यस्तो छ उनको अभिव्यक्ति–

प्रतिक्रिया
सम्बन्धित