४ कार्तिक २०८३, बुधबार

दसैँसँगै बिजुली पुगेपछी गाउँमा खुसीयाली

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १५ असोज । उदयपुरको कटारी नगरपालिकाको–१४ पहाडीमा वडाको पहलमा गाउँमा पहिलो पटक बिजुली पुगेको छ । छ सय ९९ घर रहेको उक्त गाउँमा अहिले एक सय ७ घरमा बिजुली पु¥याइएको वडाध्यक्ष शम्भु श्रेष्ठले बताए ।

वडाको पहलमा गोकुले, भादगाउँ र पिपलडाँडामा बिजुली बालिएको हो । बाँकी घरपरिवारका लागि पनि नियमित काम भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए । पहिलो पटक वडामा कटारी हुँदै नेपाल विद्युत् प्राधिकरण कटारी शाखाले राष्ट्रिय प्रशारण जडान गरेको हो । दसैँसँगै गाउँमा बिजुली बलेपछी दसैँमा थप उमङ्ग छाएको स्थानीय मोहन श्रेष्ठले बताए । महत्वपूर्ण चाडमा गाउँ झिलीमिली भएपछी गाउँवासीमा खुसीयाली छाएको छ ।