
काठमाडौं, १४ असोज । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहास्थित कर्जन्हा नगरपालिका–३, बन्दीपुरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले आज शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको हो । उक्त एक्सटेन्सन काउन्टरको शुभारम्भ कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाको पनि उपस्थिति थियो ।
बन्दीपुर सिरहा एक्सटेन्सन काउन्टरसँगै बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको बैंकले जानकारी दिएको छ । नयाँ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकले खाता खोल्न, निक्षेप संकल्न तथा भुक्तानी गर्न र विप्रेषणलगायत अन्य बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न पाउने छन् ।
माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको बताएको छ ।















प्रतिक्रिया