१ कार्तिक २०८३, आइतबार

‘अचिभर्स अवार्ड २०२२’ बाट को–को भए सम्मानित ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई सक्सेस मिडियाले ‘अचिभर्स अवार्ड २०२२’ ले सम्मान गरेको छ ।

नाडाका महासचिव सुरेन्द्र उप्रेती, व्यवसायी मोहन ओझा, शिक्षाबिद नरेश प्रसाद श्रेष्ठ, व्यवसायी क्याबिनेट श्रेष्ठ, नायिका सन्चिता लुइटेल्, र्‍यापर प्रशान्त मिष्ट, शिक्षाबिद किशोर गौतम, व्यवसायी तथा समाजसेवी उम्मीद श्रेष्ठ र कर्पोरेट ट्रैनर सौनक भट्ट सम्मानित भएका हुन् ।

त्यसैगरी नायक रमेश उप्रेती, व्यवसायी बिष्णु हरी ढकाल्, फोटोग्राफर शिव खड्का शिक्षाबिद रोशन राठि, कलाकार दीपाश्री निरौला, मिडिया व्यवसायी सुमित प्रताप राणा, समाजसेवी बिमल पन्त, कलाकार किरण केसी पनि सम्मानित भएका छन् ।

कार्यक्रममा बेस्ट स्कुल अवार्ड नवरत्न स्कुल, मेरिगोल्ड स्कुल, स्वस्तिश्रीगुरुकुल स्कुल, र बेस्ट कलेज अवार्ड साउथ वेस्टेर्न स्टेट कलेजले हात पारे ।

कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल तथा राज्यमन्त्री तथा नेता रामबिर मानन्धरले अवार्ड बितरण गर्नु भएको थियो भने सक्सेस मिडियाका अध्यक्ष सफ्रीन सिलवालले अनुभव र सिकाइबाट नै सफलता मिल्ने र सफल व्यक्तित्वहरुबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।