१ कार्तिक २०८३, आइतबार

‘दसैँ फेस्ट’को सम्पूर्ण तयारी पूरा, २० हजार दर्शकको अपेक्षा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । १० बर्षपछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गइरहेको बर्ष कै सबैभन्दा ठूलो साङ्गीतिक कार्यक्रम ‘दसैँ फेस्ट’ को सम्पूर्ण तयारी पूरा भएको आयोजक कमिटीले जनाएको छ ।

दसैँको अवधिमा काठमाडौँमा चहलपहल बढाउन, सहरी युवा वर्गमा एकताको सन्देश दिँदै नेपाली कला तथा संस्कृतिलाई युवा पुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष सहित ‘दसैँ फेस्ट’ आयोजना गरेको आयोजक कमिटीका संयोजक श्री गुरुङले बताए ।

२० हजार दर्शकको अपेक्षा गरिएको ‘दसैँ फेस्ट’मा द एज ब्याण्ड, नीतेशजंग कुँवर, वर्तिका एम राई, स्वप्न सुमन, भेक, यावेश, दोङ, त्रिशला गुरुङ, सुवानी मोक्तान र इलेमेन्टस् ब्याण्ड लगायत कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ । साङ्गीतिक माहौलका साथै उक्त फेस्टमा त्रिशारा, अक्टेभ , मोन्स्टर मिल, चिकेन स्टेसन, डल्ले, भेरा पिज्जा, ट्यामरीन्ड ग्रुप, बबल टी, पर्पल हेज, एड्रेस लाउन्ज लगायत काठमाडौँमा चर्चित १५ रेस्टुराँहरूको स्टल रहनेछन् ।

फेस्टको टिकट दर प्रतिव्यक्ति १५ सय, २५ सय र ३५ सय तोकिएको छ । टिकट ई- सेवा, खल्ती, टिकट संसारबाट अनलाइन काट्न सकिनेछ भने कार्यक्रम स्थलमा डोर सेल समेत रहनेछ । कार्यक्रम शनिवार बिहान ११ बजे सुरु हुने र राति ८ बजे सम्पन्न हुनेछ ।

विगत २० वर्ष देखी काठमाण्डौं लगायत नेपालका प्राय सबै सहरहरूमा विभिन्न कन्सर्ट, सडक महोत्सव लगायत विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी ग्रुप, केटीएम लाइभ तथा अपट्रेण्डली मिडियाले संयुक्त रूपमा ‘दसैँ फेस्ट’ आयोजना गर्न लागेको हो ।