बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

सिभिल बैंकको १०२औं एटीएम चितवनको सौराहामा

दैनिक नेपाल २०७९ असोज १४ गते २०:५४

काठमाडौं, १४ असोज । सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२औं एटीएम सञ्चालनमा ल्याएको छ ।

उक्त एटीएमको समुद्घघाटन रत्ननगर नगरपालिका–६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरे ।

उक्त एटीएम सञ्चालनमा आएसँगै त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एटीएममार्फत आफूलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्ने बैंकले बताएको छ ।

करिब आठ लाख ग्राहकहरुलाई ११५ वटा शाखा र १३ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले जनाएको छ ।

साथै बैंकले गत असार मसान्तसम्म रू. ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रू. ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित