
घोराही (दाङ), १४ असोज । घोराहीमा दुधसागर डेरी उद्योग सञ्चालनमा आएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा स्थापना र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडद्वारा प्रवद्र्धन गरिएको हरियो बजारको दोस्रो शाखा अन्तरगत दुध सागर डेरी उद्योगको उद्घाटन गरिएको हो ।
घोराही उपमहानगरपालिका–१५ कस्तुरी टोल (गुरुकुल एकेडेमीदेखी पश्चीमतर्फ) सञ्चालन गरिएको उद्योगको शुक्रवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो । उद्योगको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले उद्घाटन गरेका हुन् ।

हरियो बजार र दुधसागर डेरीबारे जानकारी दिदै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका लुम्बीनी प्रदेश प्रमुख पवन योगीले करिब दुई करोड रूपैयाँको लगानीमा निर्माण गरिएको उद्योगले स्थानीय उत्पादन तथा पशुजन्य उत्पादनलाई संकलन गरी बिक्री वितरण गर्ने उद्देश्यका साथ स्थापना गरिएको महिला सामुदायिक सेवा केन्द्रको स्थापना भएको र सोही उद्देश्य अनुसार हरियो बजार स्थापना गरिएको जानकारी दिए ।
नेपाल सरकारको मापदण्डमा रही दुध संकलन, प्रशोधन तथा बिक्री वितरण गर्ने उद्देश्यका साथ उद्योगको स्थापना गरिएको उनले जानकारी दिए । उद्योग स्थापनामा स्वीस कन्ट्राक्ट कासा परियोजनाको आर्थिक तथा प्राबिधीक सहयोग रहेको योगीले जानकारी दिएका छन् । उद्योगमा अत्याधुनिक प्रविधिका मेसिनहरूबाट दुध प्रशोधन गरिने उनको भनाई छ ।















प्रतिक्रिया