३ कार्तिक २०८३, मंगलबार

नेकपा एसका केन्द्रीय सदस्य विश्वकर्मा एमालेमै फर्किए, अध्यक्ष ओलीले गरे स्वागत

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बारा जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा नेकपा एमालेमै फर्किएका छन् ।

मधेश प्रदेश सभामा नेकपा एसको सचेतक समेत रहेका उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले खादा लगाई पार्टीमा स्वागत गरे । विश्वकर्मा पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट पुगेका थिए ।

उनको साथमा नेकपा एसका केन्द्रीय निर्वाचन आयोगका सदस्य तथा मधेश प्रदेश सभा सदस्य सीता गुरूङ, केन्द्रीय परिषद् सदस्यहरू कौशलकिशोर सिंह, महेश विश्वकर्मा, प्रदेश कमिटी सदस्य दशरथ राम, विधा थापा, मिन रहपाल, जिल्ला कमिटी सदस्य मन्जु खनाल, मन्जु भट्टराई, अच्छेलाल राम, मुक्ति सहनी, कलामुदिन अन्सारी, इलियास अन्सारी, नूरहसन हवारी, कवसर अन्सारी, अहमद अन्सारी र अलिजान अन्सारी पनि एमालेमा प्रवेश गरेका छन् ।