३ कार्तिक २०८३, मंगलबार

लक्ष्मी बैंकको १४३औँ शाखा बागलुङको गल्कोटमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४३औँ शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिका–३ को हटिया बजारमा सञ्चालनमा ल्याएकोे छ ।

उक्त शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ वटा पुगेको छ । त्यस्तै बैंकले १३ वटा एक्सटेन्सन काउन्टर, पाँच वटा हस्पिटल सेवा काउन्टर, १७७ वटा एटीएम, दुई हजार ५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ७१ वटा शाखारहित बैंकिङ एजेन्टहरुमार्फत आफ्नो सेवा प्रवाह गर्दै आएको जनाएको छ ।