३ कार्तिक २०८३, मंगलबार

चन्द्रलोक प्रतिष्ठानद्वारा विभिन्न व्यक्तिलाई सम्मान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । चन्द्रलोक प्रतिष्ठानले विभिन्न विधामा उल्लेख्य योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले आज बुधबार पर्यटन बोर्डको हलमा आयोजना गरेको एक कार्यक्रमका बीच विभिन्न व्यक्तिलाई सम्मान गरेको हो ।

प्रतिष्ठानले न्यूज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाललगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मान गरेको छ ।

उक्त सम्मान प्राप्त गर्नेहरूमा जनता टेलिभिजनका सम्पादक टंक पन्त, गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापा लगायत छन् ।

संस्थाका अध्यक्ष सीताराम कार्कीले विभिन्न क्षेत्रमा ख्याती कमाएका ब्यक्तिलाई सम्मान गर्न पाएकोमा आफू हर्षित भएको बताए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उक्त सम्मान प्रदान गरेका थिए ।