
तुलसीपुर (दाङ), १२ असोज । अप्टिमिष्ट क्लब अफ तुलसीपुरले संरक्षित असहाय बालबालिकासँग दशैँ मनाएको छ ।
क्लबले तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँस्थित दिदी घर संस्थामा दशैँ मनाएको हो । सो अवसरमा सहाराविहीन अबस्थामा रहेका ति बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा कपडा सहयोग गरिएको छ ।
आज बुधबार एक कार्यक्रम गरी त्यहाँ रहेका २४ जना बालबालिकाहरुलाई सहयोग गरिएको हो । क्लबका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि चौधरीले हरेक संस्थाले असहाय, गरीब समुदायको उत्थानको लागि काम गर्नुपर्ने बताइन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख माया श्रेष्ठ, क्लबका सल्लाहकार गिरीराज डाँगी, विष्णु देवकोटा, झरेन्द्र खरेल, मेघराज घिमिरे, घनश्याम डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

उपाध्यक्ष तथा कार्यक्रम संयोजक कमल सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा क्लबका अध्यक्ष बस्नेतले आफूहरुले कार्यक्रमका लागि मात्रै कार्यक्रम नभएर परिवर्तनका लागि कार्यक्रम गर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण सचिव एकराज भण्डारीले गरेका थिए ।















प्रतिक्रिया