
काठमाडौं, १२ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महोत्तरी जिल्ला समिति सदस्य मोहम्मद इद्रिस नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई आज पार्टी महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोखरेलले इद्रिसलाई स्वागत गरेका हुन् ।
हिजो मात्रै लोसमा ६ जना केन्द्रीय सदस्यसहित कपिलवस्तुको जिल्ला समिति नै एमालेमा समाहित भएको थियो ।
आम निर्वाचनको मिति नजिकिदै जाँदा अन्य विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । एमालेका अनुसार हालसम्म एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्ताको सङ्ख्या एक लाख भन्दा धेरै छ ।















प्रतिक्रिया