३ कार्तिक २०८३, मंगलबार

देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन दलका नेताहरु चुके : अध्यक्ष तिमिल्सिना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन दलका नेताहरु चुकेको बताएका छन् ।

दल र दलका नेताहरू चुकेका कारण जनतामा निराशा छाएको भन्दै उनले अब गम्भीर भएर देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् ।

चन्द्रलोक प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले राजनीतिमा देखिएको बिकृति र बिसंगतिलाई अन्त्य गरेर नै मुलुकलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

हिजो गरेका त्यागको कुरा मात्रै गरेर आज केहि नगर्ने प्रवृतिलाई पनि निरुहात्सित गर्नुपर्ने उनको धारणा छ । त्यस्तै उनले मुलुकको विकासका लागि प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।