
काठमाडौं, १२ असोज । नेपालीहरुको महान चाड दसैँको अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन् ।
यही असोज १६ गते फुलपातीको दिन नेपाली समय अनुसार साँझ ५ बजे अध्यक्ष ओलीले जुममार्फत प्रवासी नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रवासी मञ्चका अध्यक्ष भक्त गुरूङले दैनिक नेपाललाई जानकारी दिए।
अध्यक्ष ओलीले देशको समसामयिक राजनीतिक र ४ मंसिरमा हुने आसन्न निर्वाचनमा एमालेको तयारी बारे सम्बोधन गर्नुको साथै आउँदै गरेको दसैँ, तिहार र छठको अवसरमा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिने कार्यक्रम छ ।
मञ्चले संसारभर रहेका प्रवासी नेपालीहरुलाई जुममा जोडिन अनुरोध गरेको छ ।















प्रतिक्रिया