४ कार्तिक २०८३, बुधबार

सुनसरीमा चट्याङ लागेर २ जनाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, १२ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।