
काठमाडौं, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता घोषणा भएको छ ।

बुधबार दिउँसो राजधानीको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुने सहमतिपत्रमा उल्लेख छ ।

















प्रतिक्रिया