
काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ ।
समानुपातिक सूची सच्याउन माग गर्दै पार्टी कार्यालयमा शेखर समूह धर्ना बसेको हो । धर्नामा शेखर समूहको शीर्ष नेता उपस्थिति नदेखिए पनि दोस्रो तहका नेताहरूको उपस्थिति भने बाक्लो देखिएको छ ।

सोही विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसकोे पदाधिकारीको छुट्टै बैठक बसिरहेको बताइएको छ ।
सोमबार बसेको शेखर समूहको बैठकले पार्टी कार्यालयमा धर्ना दिने घोषणा गरेको थियो । १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने शेखर समूहको तयारी रहेको छ ।















प्रतिक्रिया