
काठमाडौं, १२ असोज । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले वुद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार १ सय सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया