३ कार्तिक २०८३, मंगलबार

कांग्रेस प्रवक्ता महतको प्रष्टीकरण : समानूपातिक सूची सर्वसम्मत रुपमै तयार पारिएको हो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसले आसन्न निर्वाचनको समानूपातिक सूची सर्वसम्मत रुपमा नै तयार भएको स्पष्ट पारेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले समानूपातिक सूची एकलौटी रुपमा उम्मेदवार छनोट भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र सर्वसम्मत रुपमा नै सूची तयार पारिएको दाबी गरेका हुन् ।

महतले कसैलाई कमजोर र कसैलाई बलियो पर्ने गरी सूची तयार नपारिएको र विधानअनुसार सूची बनाइएको जिकिर समेत गरेका छन् । समानूपातिक सूचीलाई लिएर गर्ने भनिएको आन्दोलनको कुरा वाञ्छनीय नरहेको भन्दै उनले केहि त्रुटी भए सच्याइने जानकारी दिए ।

त्यस्तै उनले पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई पार्टीको निर्णयअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्णरुपमा क्रियाशील हुन पनि निर्देशन दिएको बताए । सीट बाँटफाँट सकिएलगत्तै नेपाली कांग्रेसले लिएका क्षेत्रहरुमा प्रत्यक्ष तर्फको उम्मेदवार टुङ्गो लगाइने उनको भनाइ छ ।

प्रवक्ता महतले पाँच दलीय गठबन्धनमा केही दिनभित्रै सीट बाँटफाँटको टुङ्गो लाग्ने जानकारी पनि सो अवसरमार दिएका छन् ।

कांग्रेसले मन्त्रीहरु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिड्न नपाउने भन्ने कुरा व्यावहारिक नरहेको जनाएको छ ।