३ कार्तिक २०८३, मंगलबार

थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । नेपालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय २९ पिसिआर परिक्षणका क्रममा ४२ जना र २ हजार १ सय एन्टीजेन परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७६ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा १ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।