३ कार्तिक २०८३, मंगलबार

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । आज अमेरिकी डलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज एक अमेरिकी डलर खरिद गर्दा १३० रुपैयाँ ३० पैसा तिर्नुपर्छ भने बिक्री दर १३० रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

यसरी अमेरिकी डलरको मूल्य निरन्तर बढ्दै जाँदा आयातमुखी नेपाली अर्थतन्त्रमा गम्भीर प्रभाव पारिरहेको छ । जसका कारण हरेक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदित वृद्धि हुँदै गएको छ ।

कतिपय उपभोग्य वस्तु त सामान्य नेपालीको पहुँचबाहिर पुगिसकेको अवस्था छ । पछिल्लो समय रुस र युक्रेनबीचको युद्धका कारण अमेरिकी डलर बलियो बन्दै जाँदा संसारभरकै अर्थतन्त्र प्रभावित बनिरहेको अवस्था छ ।

त्यसमा आयातमा निर्भर हाम्रो अर्थतन्त्र झनै सङ्कटमा पर्दै गएको छ । अमेरिकी डलरको मूल्य बढ्दा रेमिटेन्स आयमा केही सहयोगी बने पनि समग्रमा नेपाली अर्थतन्त्रलाई नकरात्मक प्रभाव नै पर्ने निश्चित छ ।

किन भने नेपालले पेट्रोलियम पदार्थको आयातका लागि ठूलो खर्च गर्दै आएको छ । पेट्रोलियम पदार्थको आयातका लागि तिर्नुपर्ने रकम डलरमा खर्च गर्नुपर्छ । त्यस्तै विभिन्न आयोजना तथा परियोजनाले आयात गर्ने उपकरण तथा सामग्रीहरू पनि डलरमै आयात गर्नुपर्ने भएकाले नेपाली अर्थतन्त्र तीव्र चापमा पर्दै गएको देखिन्छ ।

त्यस्तै अन्य उपभोग्य बस्तुको आयातबाट नेपाली बजारमा मूल्यवृद्धिको चर्को मार पनि पर्दै आएको छ ।

हेर्नुहोस् आजको विदेशी विनिमय दर–