३ कार्तिक २०८३, मंगलबार

केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल (भिडिओ)

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका काम कुनै युवाले गरेका भन्दा राम्रो रहेको बताएका छन् ।

एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै पोखरेलले विचार तथा दृष्टिकोण उमेरले युवा र बुढो नहुने भन्दै सो कुरा बताएका हुन् ।

‘केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन् । केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन् । केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन्,’ पोखरेलले भने ।

नेपालको राजनीतिमा युवा र खेलकुद क्षेत्रलाई सबैभन्दा पहिला अगाडि बढाउने पार्टी नेकपा एमाले भएको उनको भनाइ छ ।

मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पहिलोपटक युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेको स्मरण समेत उनले गराएका छन् ।

तत्कालीन समयमा पोखरेल अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए ।