३ कार्तिक २०८३, मंगलबार

एसएसबीका प्रमुख सुजोय लाल थाउसेन काठमाडौंमा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रमुख सुजोय लाल थाउसेन सोमबार काठमाडौं आइपुगेका छन् ।

सीमा सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन उनी आज काठमाडौं आएका हुन् ।

सीमा सुरक्षा समन्वय समितिको बैठक आज मंगलबारदेखि काठमाडौंमा सुरू हुँदै छ । बैठकमा नेपाली टोली नेतृत्व सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल (एपीएफ) का प्रमुख राजु अर्यालले गर्नेछन् ।

दुई दिनसम्म चल्ने बैठकमा सीमा विवाद, सीमामा हुने अपराध र आवतजावतमा हुने समस्यालाई लिएर छलफल हुने बताइएको छ ।