
काठमाडौं, ११ असोज । दिवङ्गत जननेता मदन भण्डारीको जीवनीमा रहेर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘जननेता मदन भण्डारी’ सार्वजनिक भएको छ ।
राजधानीमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएको हो । गीतमा दिवङ्गत भण्डारीको राजनीतिक जीवन र उनको विचारधारालाई समेट्ने प्रयास गरिएको छ । गीतमा गायक शिशिर योगी र गायिका कोमल वलीको स्वर,
बुद्धिमान परियारको शब्द तथा शिव गौतमको सङ्गीत छ ।
भिडियोमा कलाकार सुमन कार्कीले दिवङ्गत भण्डारीको भूमिकामा अभिनय गरेका छन् भने कलाकार सारिका प्रसाईंले विद्यादेवी भण्डारीको भूमिका निर्वाह गरेकी छन् ।
भिडियोमा भण्डारीको जन्म गाउँ ताप्लेजुङको मैवाखोला गाउँपालिका, ढुङ्गेसाँघुस्थित उनको जन्मघर र पछि बसाइँ सरी आएको मोरङको इटहरालगायतका स्थान समेटिएको छ ।
भिडियोमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू देवराज घिमिरे, गुरु बराल, मैवाखोला गाउँपालिकाका पूर्व पालिका अध्यक्ष राजन थत्लुङको शुभकामना सन्देश समेत समेटिएको छ ।















प्रतिक्रिया