४ कार्तिक २०८३, बुधबार

लखनउमा ट्र्याक्टर ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लखनउ, ११ असोज । लखनउको इटौन्जादेखि कुम्हरावान तर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ । उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए ।

ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।

घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ । लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडीआरएफको टोली घटनास्थलमा पुगेर ३७ जनाको उद्धार गरिसकेको छ ।