
काठमाडौं, १० असोज । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
धितोपत्र निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा हिजो आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद शेयर निष्काशन तथा बिक्रीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष रन्जना दाहाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हालको पुँजी १ अर्ब ६० करोडको प्रति शेयर अंकित एक सय रुपैयाँको दरले १ कित्ता शेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शन गर्ने छ ।
कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका–९ र १० मा पर्ने माई खोला साना जलविद्युत् आयोजना (४.५ मेगावाट) र माई नगरपालिका–९ मा रहेको माई साना क्यासकेड जलविद्युत् आयोजना (८ मेगावाट) हाइड्रोपावर सञ्चालन गरेको छ ।















प्रतिक्रिया