४ कार्तिक २०८३, बुधबार

समाजवादीको जिल्ला सचिवालय सदस्यसहित २३ जना एमाले प्रवेश

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १० असोज । नेकपा एकीकृत समाजवादी मकवानपुरकी सचिवालय सदस्य मनिला विष्टसहित २३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमबार मनहरी गाउँपालिकामा भएको कार्यक्रममा एमाले नेता डोरमणी पौडेल, केन्द्रीय सदस्य रामेश्वर राना, जुनेली श्रेष्ठ सहितको टोलीले विष्टसहित २३ जनालाई खादा लगाएर एमालेमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा विष्टसहित जिल्ला सदस्यहरु बालमुकुन्ढ ढकाल, शिशुपाल बस्नेत, बासु पौडेल, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य गोविन्द बर्तौलासहित २३ जना रहेको एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदीले जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै विष्टले जुटेर एक हुनुपर्ने सन्देश दिन आफुहरु पुरानो पार्टी एमालेमा फर्किएको बताइन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मनहरी गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी विष्ट २०७९ को स्थानीय निर्वाचनमा समाजवादीबाट गाउँपालिका उपाध्यक्षमा प्रतिस्पर्धामा उत्रिएपनि पराजित भएकी थिइन् ।