
काठमाडौं, १० असोज । नेपाली राष्ट्रिय फुटबल टीमले भोलि मंगलबार दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेशनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् ।
मैत्रीपूर्ण खेलअघि आज सोमबार आयोजित प्रि–कन्फ्रेन्समा राष्ट्रिय फुटबल टीमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईका साथमा किरण प्रस्तुत भएका थिए । प्रि–कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक हुमागाईले मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले निरन्तर प्रशिक्षण गरेको र राम्रो नजिता आउने विश्वास व्यक्त गरे ।
उनले यो निकै महत्वपूर्ण खेल भएकाले जितको लक्ष्यका साथ नेपाली टीम मैदान उत्रने बताए । उनले आफूले पाएको जिम्मेवारी गम्भीरताका साथ पूरा गर्ने बताए ।

त्यस्तै किरण चेम्जोङले खेलाडीहरूले देशका लागि खेल्ने भएकाले कोहिमाथि भेदभाव गर्न नहुने बताए । यसअघि नेपाल नआएको बिषयमा उनले आफूलाई राष्ट्रिय फुटबल टीमबाट बाहिर राखेकाले नै नआएको स्पष्ट पारे ।
उनले तीन दिन प्रशिक्षण गर्ने मौका पाएको र टीमलाई बलियो बनाएर अघि बढ्ने जिकिर गरे ।
यसअघि किरणसहित ११ सिनियर खेलाडी तत्कालीन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवादपछि टोलीमा थिएनन् ।
त्यस्तै बंगलादेशका प्रशिक्षक र कप्तालले मैत्रीपूर्ण खेलका लागि निरन्तर अभ्यास गरेको र राम्रो नतिजा ल्याउने विश्वास गरे । नेपाल र बंगलादेशबीचको खेल मंगलबार साँझ ५ः३० बजे सुरू हुनेछ ।
बंगलादेशविरुद्धको ‘हेड टू हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।
https://youtu.be/SVQiZdXUzIQ















प्रतिक्रिया