४ कार्तिक २०८३, बुधबार

अवरुद्ध विद्युतीय राहदानी सेवा सञ्चालन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १० असोज । बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनःसञ्चालन भएको छ ।

विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो । विद्युतीय राहदानी इनरोलमेन्ट तथा विद्युतीय राहदानी सर्भरको कनेक्सनमा समस्या आएको भन्दै राहदानी विभागबाट जानकारी आएअनुसार बन्द गरिएको थियो ।

केन्द्रबाटै उक्त समस्या समाधान गरिएपछि उक्त सेवा सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी बन्द भएको थियो । जिल्लामा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो ।