बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

समानुपातिकमा को किन र कसरी परे भन्ने बहस बेकार होः पूर्वमन्त्री बास्कोटा

दैनिक नेपाल २०७९ असोज १० गते १०:०२

काठमाडौं, १० असोज । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् ।

विभिन्न दलहरूले निर्वाचन आयोगमा बुझाएको बन्दसूची र बन्दसूचीमा समावेश व्यक्ति तथा व्यक्तित्वका विषयमा विभिन्न कोणबाट बहस र आलोचनाहरू भइरहेका बेला नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बास्कोटाले भनेका छन्, ‘यसको मर्म समावेशीता हो । कमवेसी अपवाद, मुल रुपमा यो डाडुपन्यु टीमको ईच्छावेशीता हो । समयमै पार्टीहरुले ३३ प्रतिशत प्रतिशत सोझै महिला उमेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैंसीका अघि वीरही भाकामा वीन नबजाऊ, मित्रजन !’

प्रतिक्रिया
सम्बन्धित