
काठमाडौं, १० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको कार्यकाल सकिएर सांसदहरू निवर्तमान भइसक्दा पनि केही सांसदहरूले सरकारी सेवासुविधा बुझेकोप्रति असन्तुष्टि जनाएको छ ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले असोज १ गतेदेखि प्रतिनिधिसभाको कार्यकाल सकिए पनि केही सांसदहरूले अहिले पनि गाडी सुविधा उपयोग गरिरहेका बताएका छन् ।
श्रेष्ठले संसदको कार्यकाल असोज १ गतेदेखि सकिइसकेको अवस्थामा पुरानो हैसियतमा प्राप्त सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद रहेको बताएका छन् ।
‘संसद सचिवालयले फिर्ताका लागि ताकेता गरोस्, निर्वाचन आयोगले प्रभावकारी अनुगमन गरोस्,’ उनले ट्वीट गर्दै भनेका छन् ।
निर्वाचन प्रक्रियामा सहभागी भएका हरेक दललाई एउटै व्यवहार हुनुपर्ने श्रेष्ठको माग छ ।
सभामुख अग्नी प्रसाद सापकोटा, उपसभामुख पुष्पा भुसाल गौतम र केही सांसदहरूले अहिले पनि सो पदको सुविधा प्रयोग गरिरहेका छन् । सभामुख सापकोटा र उपसभामुख पौडेलको पद खाली गराउनका लागि माग गर्दै सार्वोच्च अदालतमा मुद्दा समेत परेको छ ।















प्रतिक्रिया