३ कार्तिक २०८३, मंगलबार

१९ किलो चाँदीसहित चन्द्रकान्त झा पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ९ असोज । धनुषाको नगराइन नगरपालिका–२ स्थित जटहीबाट करिब १९ लाख ६४ हजार रुपैयाँ बराबरको १९ किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतमा घर बताउने ५० बर्षीय चन्द्रकान्त झा छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका झालाई बीओपी जटहीले शरीरमा बाँधेर लुकाई–छिपाई ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले १९ किलो ४१७ ग्राम चाँदीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको बताइएको छ ।