३ कार्तिक २०८३, मंगलबार

न्यूरोड क्षेत्रभित्र कुन–कुन दिन लान पाइँदै सवारी साधन ? यस्तो छ पार्किङको व्यवस्था

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, ९ असोज । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलिदेखि न्यूरोड क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधनलाई प्रवेश निषेध गर्ने भएको छ ।

नेपालीहरूको महान पर्व वडा दशैं सुरू भएसँगै न्यूरोड क्षेत्रमा हुने सवारी साधनको चापलाई सहज व्यवस्थापन गर्न भोलिदेखि फूलपातीको दिनसम्म न्यूरोड क्षेत्रभित्र सवारी साधन लैजान रोक लगाइएको जानकारी ट्राफिक प्रहरीले दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फुलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेल सम्मका लागि न्यूरोड क्षेत्रभित्र यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेलगायत कुनै पनि सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

उक्त अवधिका लागि न्यूरोड क्षेत्रभित्र प्रवेश गर्ने सम्पूर्ण सर्वसाधारणका लागि खुलामञ्चमा पार्किङको व्यवस्था मिलाईएको छ ।