३ कार्तिक २०८३, मंगलबार

माधव नेपाललाई नेता न्यौपानेको प्रश्न: हाम्रो विद्रोह व्यक्तिगत पद प्राप्ति गर्न मात्रै थियो ?

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि आफ्नै पार्टीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले नैतिकता र इमानदारिताको गम्भीर प्रश्न उठाएका छन् ।

पछिल्लो समय नेकपा एसभित्र नेतृत्वले गरेको मनोमानी, विधि र पद्धतिको उल्लङ्घन तथा असमान व्यवहारबारे नेता तथा कार्यकर्ताहरूमा देखिएको असन्तुष्टि सतहमा आउन थालेको छ । यसै क्रममा वरिष्ठ नेता न्यौपानेले पनि आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त गर्दै नैतिकता र इमानदारिताको गम्भीर प्रश्न समेत उठाएका छन् ।

‘नेतालाई कार्यकर्ताको प्रश्न : केपी ओली प्रवृतिकाविरुद्ध विद्रोह गरौँ भनेर बाहिर आउने अनि पार्टी सञ्चालन कमिटी परिचालन विधि र पद्धतिमा केपी ओली भन्दा निम्नस्तरमा झरेर विधि र पद्धतिको उल्लङ्घन गर्ने हो भने त्यस्तोमा कार्यकर्ताले के गर्ने ? हाम्रो विद्रोह प्रवृत्तिका विरुद्ध थियोे कि व्यक्तिगत पद प्राप्तिका लागि मात्रै थियोे ?’

पछिल्लो समय माधव नेपालमाथि आफ्नो नेता तथा कार्यकर्ताको संरक्षण गर्न नसकेको आरोप लागिरहेका बेला पार्टीका शीर्ष नेताबाटै नेतृत्वमाथि प्रश्न उठ्नुले पार्टीभित्र व्याप्त असन्तुष्टिलाई प्रकट गरेको छ ।

त्यसो त माधव नेपालले पार्टी फुटाउनुको औचित्य पुष्टि गर्न नसकेको तथा आफ्ना कार्यकर्तालाई कांग्रेसको कार्यकर्ता बनाएको भन्दै केही दिनअघि नेकपा एस परित्याग गरी थुप्रै नेता तथा कार्यकर्ता एमालेमै फर्किएका छन् र यो क्रम थप बढ्ने देखिएको छ ।