शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

डाटा सेन्टरमा लागेको आगलागी नियन्त्रणमा, सरकारी संयन्त्रको सर्भर डाउन हुनसक्ने

दैनिक नेपाल २०७९ असोज ९ गते १९:४२

हेटौंडा, ९ असोज । वागमती प्रदेशको राजधानी हेटौंडा–४ हुप्राचौरस्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा आइतबार अपरान्ह लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।

सेन्टरको ब्याट्री ब्याकपमा करेन्ट सर्ट भएर लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तीन वर्षअघिदेखि सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र सिंहदरबारको ‘ब्याकअप’को रुपमा प्रयोग गर्दै आएको डाटा सेन्टरमा भएको आगलागीका कारण धेरै सरकारी संयन्त्रको सर्भर डाउन हुनसक्ने बताएको छ ।

आगलागीका कारण कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा पूर्णरुपमा बन्द गरिएको छ ।

आगलागीबाट सेन्टरका ४८० वटा ब्याट्री र फाइबरका तारहरु जलेर नष्ट भएको बताइए पनि क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित