३ कार्तिक २०८३, मंगलबार

ज्योतिपुञ्ज घोराही र ज्योतिपुञ्ज मोडेल रामपुरमा विद्यार्थीका लागि ई-हाजिरी शुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ९ असोज । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरस्थित ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरूका लागि अनलाइन ई—हाजिरी शुरु गरेको छ ।

घोराहीको भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र घोराही—२ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरूलाई मेशिनबाट गराइने अनलाइन ई–हाजिरीको शुरु गराएका हुन् ।

विद्यार्थीहरूको उपस्थिति जुनसुकै स्थानबाट पनि प्रशासकहरूले निगरानी गर्ने, विद्यार्थीहरूको हाजिरीलाई पेपरलेस बनाउने, विद्यार्र्थीहरूको नियमितताको अद्यावधिक गर्ने, अभिभावक अन्तरक्रिया कार्यक्रममा छोराछोरीको उपस्थितिका विषयमा छलफल गर्ने लगायत उद्देश्यले दुई वटै विद्यालयमा अनलाइन ई—हाजिरी शुरुवात गराइएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयकाका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए ।

ई—हाजिरीलाई छिट्टै अभिभावकको मोबाइल नम्बरमा म्यासेज जाने व्यवस्था गर्न लागिएको विद्यालयले जनाएको छ । विद्यार्थी विद्यालयमा आएर हाजिर गर्दा र पढाई सकेर घर जानेबेला गरिने हाजिरको सन्देश उनीहरूका अभिभावकको मोबाइलमा म्यासेज जाने ब्यवस्था समेत गर्न लागिएको पबन्ध निर्देशक शर्माले जानकारी दिए ।

ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयमा आँखाको रेटिना स्क्यानको माध्यमबाट र ज्योतिपुञ्ज मोडेलमा फिङ्गर प्रिन्टका आधारमा विद्यार्थीको ई—हाजिरी शुरुवात गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले जनाएको छ ।

विद्यार्थीहरूलाई अनलाइन ई—हाजिरी शुरु गराएपछि विद्यार्थीहरूको नियमिततामा प्रभावकारीता बढेको, नयाँ प्रविधि भएकोले विद्यार्थी र अभिभावक समेत उत्साहित भएको पाइएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए ।

अनलाइन ई–हाजिरी सुरु भएपछि आफूहरूले जुनसुकै स्थानबाट पनि विद्यार्थीहरूको नियमित अपडेट र मोनिटरिङ गर्न पाइएको ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालय रामपुरका प्रिन्सिपल शिव भण्डारीको भनाइ छ ।

शिक्षा सेवा आयोग र शिक्षक सेवा आयोगको मोडेलमा मासिक बिशिष्टकृत परीक्षा प्रणाली, मोबाइल एप्सबाट विद्यार्थी र विद्यालयका गतिविधिलाई अभिभावकलाई जानकारी गराउने बिधि, मासिक रूपमा अभिभावक शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको सञ्चालन, पीएचआई कार्यक्रमबाट अतिरिक्त पढाइको ब्यवस्था, प्रिजेन्टेशनमा आधारित विद्यार्थीहरूलाई अतिरिक्त गृहकार्य, प्रोजेक्ट बिधिबाट पढाई, विद्यार्थीहरूको डिजिटल सञ्चित अभिलेकीकरण लगायत अतिरिक्त व्यावहारिक विशिष्ट कार्यक्रमहरूसहित विद्यालयले व्यावहारिक र जीवनोपयोगी कार्यक्रमलाई समेत समेटेर दुवै विद्यालय सञ्चालन गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले जनाएको छ ।