बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

खानेपानीको पाइप चोरी आरोपमा जनप्रतिनिधि नै पक्राउ

दैनिक नेपाल २०७९ असोज ९ गते १८:३९

काठमाडौं, ९ असोज । कास्कीको मादी गाउँपालिकाको थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा एक जना जनप्रतिनि पक्राउ परेका छन् ।

प्राप्त जानकारी अनुसार पक्राउ पर्नेमा मादी गाउँपालिका–१ का वडासदस्य ३४ वर्षीय खरजंग गुरुङसहित अन्य तीन जना पनि छन् ।

चोरी गरिएको पाइप करिब १४ लाख रुपैयाँ बराबर भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित