३ कार्तिक २०८३, मंगलबार

कुमारी क्यापिटलले ‘वे टू लिस्टिङ’ सेवा उपलब्ध गराउन आराभा नेपालसँग गर्‍यो सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीबीच ‘वे टू लिस्टिङ’ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

‘वे टू लिस्टिङ’ सेवाअन्तर्गत नेपालको प्रचलित कानून बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सूचीकरण गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

सोही सेवाअन्तर्गत आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउन उक्त सम्झौता गरेको बताइएको छ ।

उक्त सम्झौतामा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीका अध्यक्ष कृष्ण प्रसाद बजगाईंले हस्ताक्षर गरेका छन् ।