शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

निर्वाचन आचारसंहिता पालना गर्न सरकार र राजनीतिक दलहरूले जनाए प्रतिबद्धता

दैनिक नेपाल २०७९ असोज ९ गते १८:१०

काठमाडौं, ९ असोज । सरकार र राजनीतिक दलहरुले आगामी निर्वाचनमा गम्भीर भएर आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार निर्वाचन आयोगले गरेको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विभिन्न दलका प्रतिनिधिहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउनका लागि गम्भीर भएर आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनीहरुले निर्वाचन आचारसंहिताको प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । छलफलका क्रममा दलका नेताहरूले मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा जान नपाउने व्यवस्थालाई पुर्नबिचार गर्न, दल दर्ताका लागि २५ जनामा मात्रै जान पाउने व्यवस्था र निर्वाचन सुरु हुनु भन्दा १७ दिनअघि मात्रै प्रचार गर्न पाउने व्यवस्थालाई बिचार गर्न आयोगसमक्ष आग्रह गरेका थिए ।

छलफल पछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलका क्रममा प्रधानमन्त्री लगायत सवै राजनीतिक दलका प्रतिनिधिहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको जानकारी दिए । उनले सबै राजनीतिक दलहरुसँग छलफल गरेर नै आचारसंहिता बनाएको भन्दै आगामी दिनमा पनि दलहरुसँग छलफल गर्दै सहजीकरण गर्ने बताएका छन् ।

उनले ले दलहरुसँगको सहमतिमा शंशोधन गर्न आवश्यक परे संशोधन गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रवक्ता पौडेलले निर्वाचन खर्च बुझाउनुपर्ने कानूनी व्यवस्था रहेकाले, खर्च नबुझाउनेलाई कारबाही गर्ने कानूनी व्यवस्थालाई आयोगले कार्यान्वयनमात्रै गरेको जिकिर गरेका छन् ।

आयोगले निर्वाचन खर्चका बारेमा पुन छलफलहरुसँग छलफल गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित