शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सरकारको ‘डाटा रिकभरी सेन्टर’मा आगलागी

दैनिक नेपाल २०७९ असोज ९ गते १६:२४

हेटौंडा, ९ असोज । सरकोको डाटा सेन्टरमा आगलागी भएको छ ।

हेटौंडा–४ को हुप्रचौरमा रहेको डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको हो ।

सरकारी सूचनाहरु ‘ब्याक–अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टरमै आगलागी भएको बताइएका छ ।

आइतबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डेले करिब डेढ घण्टादेखि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।

उनले आगलागी नियन्त्रणको लागि नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी खटाइएको समेत बताए । आगलागी नियन्त्रणको लागि दुई वटा दमकलले पानी हाल्ने काम गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित