बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अवैध लागूऔषधसहित ६ जना पक्राउ, एक जना फरार

दैनिक नेपाल २०७९ असोज ९ गते १५:२६

काठमाडौं, ९ असोज । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले बिभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ भने एक जना फरार भएका छन् ।

व्युरोले आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खैरो हिरोइन ५० दशमलव ५ ग्राम, नियन्त्रित लागू औषध १२ हजार ७५८ एम्पुल, एक केजी गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

व्युरोका अनुसार अमेरिकाबाट आएको पार्सलमा लत्ताकपडाभित्र लुकाई पठाएको एक किलो ३ सय ३० ग्राम गाँजा गोश्वारा हुलाक कार्यालयबाट बरामद भएको हो ।

त्यस्तै ललितपुरको इमाडोलबाट ३ दशमलव ५ ग्राम खैरो हिरोईनका साथ सुजन हेल्मुलाई पक्राउ गरिएको र थप अनुसन्धान गर्दा चौमती बस्ने संजिप राईको डेराबाट थप ४७ ग्राम खैरो हिरोईन फेला परेको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए ।

त्यस्तै १२ हजार भन्दा बढि एम्पुलका साथ बा ५ च ७१३८ नंवरको बोलेरो र भाडाको बस सहित तीनजनालाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए ।

व्युरोले बरामद भएको लागु औषधको अवैध बजार मूल्य अन्दाजी रू. ३१ लाख ५ हजार रहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित