३ कार्तिक २०८३, मंगलबार

सभामुख र उपसभामुखको राजीनामा मागिएको रिटमा के भन्यो सर्वोच्चले ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । प्रतिनिधिसभाका सभामुख र उपसभामुखले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

नयाँ निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनसम्म मात्र कार्यकाल रहनेमा सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले राजीनामा नदिएको भन्दै अधिवक्ता किशोर पौडेलसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।