शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एमाले प्रवेश गर्नेको सङ्ख्या एक लाख नाघ्यो

दैनिक नेपाल २०७९ असोज ९ गते १३:५६

काठमाडां, ९ असोज । विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूको सङ्ख्या एक लाख नाघेको छ ।

मुलुकमा आम निर्वाचनको मिति नजिकिदै जाँदा पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दल तथा समूहहरू परित्याग गरेरमा एमालेमा आउनेको सङ्ख्या एक लाख नाघेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

पार्टी प्रवेश गर्नेमा सबैभन्दा धेरै मधेशका जिल्लाहरूमा रहेको पनि उनले जानकारी दिएका छन् । विगतमा एमाले कमजोर रहेको भनिएको मधेशमा अहिले दिनप्रतिदित एमाले प्रवेश गर्नेको लहर चलिरहेको छ ।

हिजो मात्रै पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेत उमाशंकर अरगरिया र उनको समूह नै लोसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित