३ कार्तिक २०८३, मंगलबार

मेडिकल काउन्सिलको परीक्षामा ५८ प्रतिशत डाक्टरहरू फेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) मा परीक्षा ५८ प्रतिशत डाक्टरहरू फेल भएका छन् ।

काउन्सिलले लिएको परीक्षामा २ हजार ६० जनामध्ये ८६३ जना मात्रै उत्तीर्ण भएका हुन् । त्यस्तै १ हजार १७६ जना अनुत्तीर्ण भएका छन् ।

जस अनुसार यो परीक्षा दिएका मध्ये ४२ प्रतिशत उत्तीर्ण र ५८ प्रतिशत अनुत्तीर्ण भएका हुन् ।

काउन्सिलले गत असोज ६ देखि ८ गतेसम्म ६४औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) लिएको थियो ।